आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष: अर्थमन्त्री « Eglish Khabarhub

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संसद्‍मा पेस गर्दै उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा गरेका हुन् ।

सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको मन्त्री पुनले बताए ।

सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको पुनको भनाइ छ ।

एकै पटक आठ कानुनको संशोधनले लगानीमैत्री वातावरण बनाउन र नीतिगत सुधार गर्न सहयोग पुग्ने उनको अपेक्षा छ ।
समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पुनले बताए ।

Publish on: