![](https://internal.appharu.com/wp-content/uploads/2024/05/barsaman-pun-budget6.png)
काठमाडौं । सरकारले आगामी वर्षका लागि स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि उक्त रकम स्वास्थ्य क्षेत्रको विकासका लागि विनयोजन गरेको घोषणा गरेका हुन् ।
सरकारले यस अन्तर्गत दीर्घरोगी नागरिकहरुको खातामै ५ हजार रुपैयाँ दिने भएको छ । यस्तो रकम मृगौला, पक्षघात, मुटसहितका विरामीले पाउँदै आएकोम अब खातामै दिने व्यवस्था हुने भएको छ।
सरकारले आगामी आर्थिक वर्षमा आमा सुरक्षाको लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । जेष्ठ नागरिकलाई सहजै उपचार हुने व्यवस्था मिलाउने भएको छ । यसका लािग २ अर्बको बजेट विनियोजन भएको अर्थमन्त्री वर्षामान पुनले बताए ।
SHARE YOUR THOUGHTS