काठमाडौं । सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेस गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा मंगलबार आर्थिक विधेयकसँगै भन्सार विधेयक पनि पेस गरेका हुन् । यसबाट भन्सार प्रशासनको काम कारबाहीमा सहजता र प्रभावकारीता अभिवृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
SHARE YOUR THOUGHTS