![](https://internal.appharu.com/wp-content/uploads/2024/05/barsaman-pun1-1.png)
काठमाडौं । नयाँ चरणको आर्थिक सुधार गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री वर्षामान पुनले बताएका छन् ।
मंगलबार १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संघीय संसदमा पेस गरेका अर्थमन्त्री पुनले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक सुधार आयोग गठनले सकारात्मक सन्देश दिने बताए । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आर्थिक क्षेत्रको सुधार गर्न आयोग गठन गर्ने घोषणा गरेका थिए ।
सरकारेले निजी क्षेत्रलाई साथमा लिएर मात्रै अबको आर्थिक विकासमा अगाडि बढ्ने पुनले बताए । सडक, पूर्वाधार, पुलसहितको पूर्वाधार विकासमा राज्य एक्लैले खर्च गर्न नसक्ने भएकाले अर्थतन्त्रमा ७५ प्रतिशतभन्दा बढी योगादन दिने निजी क्षेत्रसँग सहकार्य गरेर जान खोजिएको पुनले बताए ।
SHARE YOUR THOUGHTS