![](https://internal.appharu.com/wp-content/uploads/2021/03/Bank_account.jpg)
काठमाडौं । अब मासिक २५ हजार रुपैयाँभन्दा बढी तलब पाउने कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खातामा नै जम्मा गर्नुपर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि २५ हजारभन्दा बढी नै तलब लिएको भएपनि नगदै दिन सकिने व्यवस्था थियो ।
बजेटले ‘बैंकमार्फत भुक्तानी नभएको प्रतिव्यक्ति मासिक २५ हजार रुपैयाँभन्दा बढीको पारिश्रमिक’को खर्च देखाउन नसक्ने व्यवस्था गरेको हो ।
यसले कम्पनीहरुले फेक कर्मचारी तयार गरी नगदै तलब भुक्तानी गरेको भनेर खर्च देखाउने प्रवृत्ति अन्त्य हुने सरकारको विश्वा छ ।
मासिक २५ हजार रुपैयाँभन्दा कमको पारिश्रमिक भने नगदै दिए पनि खर्च देखाउन पाइने छ । तर, उक्त रकम पनि सम्बन्धित व्यक्तिको प्यान नम्बरमा हाल्नुपर्ने हुन्छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Capture-11.jpg)
SHARE YOUR THOUGHTS