टिकटकले ल्यायो लाइभका लागि नयाँ नियम, पैसा कमाउनका लागि नयाँ गाइड « Eglish Khabarhub

टिकटकले ल्यायो लाइभका लागि नयाँ नियम, पैसा कमाउनका लागि नयाँ गाइड


१८ जेष्ठ २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । टिकटकले क्रियेटरहरूलाई सकारात्मक इन्क्लूसिव लाइभ कम्युनिटीहरू निर्माणगर्न मद्दत गर्नका लागि शैक्षिक टुलहरू सहितको लाइभ स्ट्रिमिङ सुविधाका साथै पैसा कमाउनका लागि नयाँ गाइड लाइनहरू पनि जारी गरेको छ।

टिकटक लाइभले सकारात्मक, अथेन्टिक र रमाइला लाइभ कम्युनिटीहरू लाई बढावा दिन नयाँलाइभमनि टाइजेसन गाइड लाइन्स र शैक्षिक पहलहरूको थालनी गर्दैछ । यी गाइडलाइनहरूले अप्रामाणिक वा कम गुणस्तर भएकाकेहि कन्टेन्टहरूलाई टिकटक लाइभमा मनिटाइजेसनका लागि अयोग्य बनाउने छ।

धेरै जसो क्रियेटरहरूले पहिले नै यी नियमहरू पालना गरिसकेका छन्, तर पनि यी नियम उल्लङ्घन गर्नेहरूलाई सूचित गराउँदै उनीहरूको मनिटाइजेसन सुविधाहरूको पहुँचमा प्रतिबन्ध हुन सक्नेछ ।

टिकटकको कम्युनिटी गाइडलाइन्स र सेवाका सर्तहरूले केहि आधारभूत मापदण्डहरू सेट गर्नेछ जसले लाइभ सहितका कन्टेन्टलाई टिकटकभरी जहाँपनि प्रस्तुत गर्न अनुमति दिने कम्पनीले जनाएको छ ।

टिकटकले नयाँ लाइभ क्रियेटरहरूलाई राम्रोसँग साथ दिन र नयाँ स्ट्रिमरहरूलाई सुरक्षितरूपमा स्वागत गर्नको लागि आफ्नो दृष्टिकोणलाई पनि अपडेट गर्दैछ ।

टिकटकका प्रचलनमा रहेकाभन्दा केहि दृढ लाइभ स्ट्रिमिङ आवश्यकताहरू छन् । जहाँ क्रियेटरहरू कम्तीमा १८ वर्षको हुनैपर्छ र उनीहरूको अकाउन्टले लाइभ जानकालागि थप अन्य मापदण्डहरू पनि पूरा गर्नु पर्ने कम्पनीले जनाएको छ । योग्य भएका लाइभ क्रियेटरहरूले अबदेखि विभिन्न चरणहरूमा गरेर एडभान्स्ड लाइभ मनिटाइजेसन सुविधाहरू सम्म पहुँच प्राप्त गर्ने छन् ।

उनीहरूले आफ्ना दर्शकहरू बढ्दै जाँदा लाइभका नियमहरू सिक्दै जान सकुन् । यसका लागि उनीहरूलाई मद्दत गर्न टिकटकले एउटा नयाँ लाइभसेफ्टीसेन्टर पनि सुरू गर्दैछ र यसको इन-एप लाइभ सेफ्टी एजुकेशन सेन्टर अपडेट गर्दैछ जहाँ क्रियेटरहरूले नीति उल्लङ्घन र शिक्षा सामाग्रीहरू हेर्न सक्नेछन्।

टिकटकका एक स्थानीय प्रवक्ताले भने,’ हामी विश्वास गर्छौं कि यी अपडेटहरूले हाम्रो लाइभ कम्युनिटीको रचनात्मकतालाई अझै सशक्त बनाउने छ र हाम्रा सुविधाहरूले उनीहरूले चाहेका सकारात्मक अन्तरक्रियाहरू लाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ। लाइभ क्रियेटरहरूको विशालसमुहले पहिलेदेखि नै हाम्रा सुरक्षा नियम र मनिटाइजेसन गाइड लाइनहरू पालनागर्दै आएका छन् र हामी सुरक्षित, समावेशी र अथेन्टिक लाइभ कम्युनिटीहरू विकसित गर्न मद्दतगर्न सक्ने स्रोतहरू, मोडरेसन प्रक्रियाहरू र टुलहरू निर्माण गर्न जारी राख्नेछौँ।’

यी अपडेटहरू लाइभ सुरक्षा र कन्टेन्टको गुणस्तरका लागि टिकटकको निरन्तर प्रयासमा निर्माण भएका जनाइएको छ । ४०,००० भन्दा बढी मानिसहरूले टिकटक प्लेटफर्मलाई सुरक्षित राख्न टेक्नोलोजी सँगै काम गर्छन् र यसमा लाइभका लागि डेडीटेकेड टोली र डिटेक्सन मोडेलहरू पनि समावेश छन् ।

टिकटकले १० भन्दा बढी कस्टमाइजेबल सेफ्टी टुलहरू विशेषरूपमा लाइभ सिर्जनाकर्ताहरूका लागि प्रदान गर्दछ, साथै दर्शकहरूलाई आफ्नो चाहना अनुसारका लाइभ सामाग्रीको आनन्द लिनका लागि पर्सनालाइज गर्न मद्दत गर्ने असंख्य फिचरहरू पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ००:००  १ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping