सहकारी ठगीमा बराह ज्वेलरीका अध्यक्ष विश्वकर्मा फरार, बचतकर्ताको ३ करोड झ्वाम् « Eglish Khabarhub

सहकारी ठगीमा बराह ज्वेलरीका अध्यक्ष विश्वकर्मा फरार, बचतकर्ताको ३ करोड झ्वाम्


१८ जेष्ठ २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बराह ज्वेलरी ईन्डस्ट्रिजका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) सहकारी ठगी प्रकरणमा फरार रहेका छन् ।

अभिमत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका विश्वकर्मासहित ६ जना २ करोड ८५ लाख ५९ हजार ७०९ रुपैयाँ ठगी प्रकरणमा फरार रहेका छन् । १ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

उच्च ब्याजदर दिने प्रलोभनमा १३ जना बचतकर्ताको २ करोड ८५ लाख ५९ हजार ७०९ रुपैयाँ ठगी गरेका छन् । बचतकर्ताको बचत ठगेर फरार हुनेमा काठमाडौं महानगरपालिका–२२ न्यूरोड स्थित बराह ज्वेलरी ईन्डस्ट्रिजका अध्यक्ष तथा सहकारीका अध्यक्ष विश्वकर्मा, सहकारीको कोषाध्यक्ष रहेका झापा जिल्ला बुद्द शान्ती गाउँपालिका–२ का विकास लामगादे, सहकारीको सदस्य रहेका सुनसरी जिल्ला धरान उपमहानगरपालिका–११ का मिलन लामीछाने, सहकारीको सदस्य रहेका सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–५ का सुमन बराईली, सहकारीमा सचिव रहेका संखुवासभा जिल्ला चैनपुर नगरपालिका–२ का पाभेल उदास र सहकारीको उपाध्यक्ष रहेका झापा जिल्ला बुद्दशान्ति गाउँपालिका–२ का अमर प्रसाद खाती फरा रहेका छन् ।

सहकारीको सदस्य रहेका इलाम जिल्ला सूर्योदय नगरपालिका–१२ का बिक्रम गजमेर भने पक्राउ परेका छन् । सहकारीले बचतकर्ताको रकम ठगेर अहिले कार्यालयम समेत बन्द रहेको छ ।
सहकारीको उक्त पैसा बराह ग्रुप अफ कम्पनी, बराह बचत तथा ऋण सहकारी संस्था मार्फत ठगी गरेको पाइएको छ ।

सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारीले बचतकर्ताको आठ अर्ब बढी रुपैयाँ ठगी गरेको छ । बचतकर्ताको रकम बराह ग्रुपको नाममा धरान, चितवन, भेडेटार, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा लगानी गरेको छ । बराह ग्रुपका अध्यक्ष शिव लामिछाने र सहकारीका अध्यक्ष मानबहादुर दियाली रसहेका छन् ।

बचतकर्ताले बचत फिर्ता पाउनु पर्यो भन्दै आन्दोलन गर्दै आएका छन् । बचतकर्ताको बचत फिर्ता नगरेपछि बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको सम्पूर्ण सम्पत्ति रोक्का रहेको छ ।

बराह कृषि तथा पशुपालन प्रालि, बराह फेमेली किचन धरान, बराह मल्टिप्रपोज कम्पनी प्रालि भेडेटार, बराहको नाममा रहेको बैंक खाता लगायत सबै सम्पत्ति रोक्का रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ००:००  ६ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping