सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायोः कांग्रेस « Eglish Khabarhub

सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायोः कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकताको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए ।

पूर्वअर्थमन्त्री महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।

अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको भनाइ छ ।

प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखि बजेट ल्याउने काम गरिएको आरोप लगाए ।

‘सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो । यहाँ खानेपानीको अत्यन्त समस्या छ । तपाईदेखि पहाडसम्म नै समस्या छ । पानीका स्रोतहरु सुकेका छन् । अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ,ु उनले भने, ुसम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाहीँ भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनु भयो । कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनु भयो । यसरी विनियोजन गरिएको छ । जुन ठिक छैन ।’

बजेटले धेरै कुरा नबोलिकन आफ्नो हिसावले खर्च गर्ने बाटो लिएको उनको आरोप छ । ‘ त्यो बेठिक भइराखेको छ । यो बजेटले ठिक बाटो पक्रन सकेन’ महतले भने ।

प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

Publish on: