
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका-१२, मोरङबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।
बैंकले जेठ २० गतेदेखि यस्तो सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बैंकका अन्य कर्मचारीहरुको उपिस्थति थियो ।
SHARE YOUR THOUGHTS