
काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन भएको छ । हृदयघातका कारण ५० वर्षिय काफ्लेको निधन भएको हो ।
बैंकिंग सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको जेठ २० गते हृदयघाते निधन भएको हो । हृदयघात भएपछि उनलाई नावालोका अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको सिटिजन्स बैंकका एक उच्च अधिकाीले जानकारी दिए।
बैंकिंग फाइनान्स एण्ड इन्योरेन्सको कार्यक्रममा सहभागी हुन सिटिजन्स बैंकका उच्च व्यवस्थापन श्रीलंका गएका थिए ।
‘सिटिजन्स बैंकले एक होनहार योद्धा गुमाएको छ, हामी अत्यन्तै दु:खी छौं,’ बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्लिकमान्डुसँग भने- ‘मृतक शरिर ल्याउन प्रक्रियामै छौं, मृतक शरिर नेपाल आइपुग्न अझै २/४ दिन लाग्ला ।’
पहिलो दिन डाक्टरले ग्यास्टिक भनेर पठाए, दोस्रो दिन अस्पताल गएपछि भने मुटुमा केही समस्या भएको देखियो र केही दिन उतै उपचार गरेर आउनु भनेर आफूहरु फर्किएको उनले बताए ।
‘पारशसहित २/३ जना कर्मचारी उनको उपचार सकेर आउन बसेका थिए, अस्पतालमै हर्ट हट्याक भएर पारशको निधन भयो’ पोखरेलले भने ।
तीन दशक लामो बैंकिंग गरियर भएका काफ्ले ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, ब्राञ्च म्यानेजमेन्ट, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्समा दख्खल मानिन्थे ।
SHARE YOUR THOUGHTS