
काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत मंगलबार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दैछ ।
यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।
डिशहोमले मंगलबार दिउँसो ३ बजेर १५ मिनेटमा ‘लेख्नेछौं नयाँ इतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने घोषणा गरेको हो । यो अफर मंगलबार राति ११ बजेर ५९ मिनेटसम्मका लागि मात्र लागू रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।
यो अफर लिन ग्राहकहरुले २०० एमबीपीएस र सोभन्दा माथिका प्याकेजहरु २४-महिनाको लागि रिचार्ज गरेको हुनु पर्नेछ । रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर दाईकहाँ गई ग्राहकले बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यो गज्जबको अफरको फाइदा उठाउन सक्ने पनि कम्पनीले जनाएको छ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS