
काठमाडौं । सहकारी पीडितले पोखरामा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाएका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा पोखरा पुगेका प्रचण्ड सभागृहमा प्रवेश गर्ने क्रममा उनलाई पीडित बचतकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

पीडित बचतकर्ताले सहकारी पीडितलाई न्याय दे भन्दै नाराबाजी समेत गरेका छन् । नाराबाजी गरेर कालोझण्डा देखाउने ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

SHARE YOUR THOUGHTS