
काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शो–रुमको शुभारम्भ गरेको छ ।
त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको होष्फे अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त पश्चात कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।
होइफेर अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्री वितरण हुँदै आएको छ ।
हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १७ सिट क्षमताको होफेन्द्र इलेक्ट्रिक प्यासेन्जरम्यान र ८.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो म्यानहरु विक्रि वितरण सुरु गरेको छ ।
विजुली गाडीको प्रर्वधनमार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको जनाएको छ ।
११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको ओटर रहेको छ तथा ७२ किलोवाट आवरको लिशियल आयल ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयल ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेग्ज प्रदान गर्दछ ।
त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टसहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ ।
SHARE YOUR THOUGHTS