नेपाल डिस्टिलरिजले पायो तीन प्रतिष्ठित पदक « Eglish Khabarhub

नेपाल डिस्टिलरिजले पायो तीन प्रतिष्ठित पदक



काठमाडौं । नेपालको पहिलो र अग्रणी डिस्टिलरी, द नेपाल डिस्टिलरीज प्रालिले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक (मेडल) हरू हासिल गरेको छ ।

‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर (रजत) र दुई ब्रन्ज (कांस्य) मेडल प्राप्त गरेको हो ।

‘आइ डब्लु एस सी’ अवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ ।

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी एक्स एक्स एक्स रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ । ‘आइ डब्लु एस सी’ को नौ\सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए ।

उनी हाल नेपालमा खुकुरी रम उत्पादन(शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन् ।

Publish on: