फोर्डको गाडी किन्नेले १० वर्षसम्म नि:शुल्क इन्धन पाउने « Eglish Khabarhub

फोर्डको गाडी किन्नेले १० वर्षसम्म नि:शुल्क इन्धन पाउने



काठमाडौं । फोर्डको सवारीसाधन खरिद गर्ने ग्राहकले १० वर्षसम्म नि:शुल्क इन्धन पाउने भएका छन् ।

फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ अफर ल्याएर ग्राहकहरुलाई १०  वर्षसम्म नि:शुल्क इन्धन दिन लागेको हो ।

कम्पनीले फोर्डको नयाँ अविश्वसनिय प्रमोशन ‘१० वर्षको निःशुल्क इन्धन’ योजना सार्वजनिक गरेको छ । कम्पनीले १० वर्षसम्मको इन्धनको खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङको अनुभव बटुल्न सक्ने बताएको छ ।

‘फोर्ड नेपालले ग्राहकको चिन्तालाई मध्य नजरमा राखी यो अफर तयार गरेको छ । इन्धन र त्यससँग सम्बन्धित खर्चहरुप्रति ग्राहकहरुको बढ्दो चिन्तालाई ध्यानमा राखी फोर्ड नेपालले उपयुक्त समाधान ल्याएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘फोर्डको सवारी साधन खरिद गर्दा तपाईंले पाउनुहुनेछ निःशुल्क १० वर्षसम्मको इन्धन खर्च, जसले गर्दा तपाईंलाई इन्धन खर्च सम्बन्धि कुनै चिन्ता रहने छैन ।’

जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले फोर्डका गाडी किन्ने ग्राहकहरुलाई इन्धनको मूल्य बढ्यो/घट्यो कुनै चिन्ता नहुने बताए । उनले ढुक्कले ग्राहकहरुले गाडी चलाउन सक्ने बताए । १० वर्षमा खपत हुने इन्धनको मुल्य सुरुमा वा खपत गर्दै कम्पनीमा बिल पेस गरेर लिन सकिनेछ ।  

किन रोज्ने फोर्डको एभरेष्ट / रेन्जर ?

कम्पनीका अनुसार फोर्डका गाडीमा  यात्राको बाधा हुने छैन । उचित उचित स्पेयर पार्ट्स तथा मर्मत खर्च छ । उच्च रिसेल भ्यालु पाउने दाबी गरिएको छ । कार चार्जिङ वा चार्जिङ स्टेसन जस्ता अनावश्यक कुराको कुनै चिन्ता नहुने कम्पनीको भनाई छ भने ब्याट्री परिवर्तन गर्नुपर्ने जस्ता अत्याधिक खर्चको कुनै चिन्ता नहरेको दाबी गरिएको छ ।

Publish on: