प्रभात माध्यमिक स्कुलका विद्यार्थीलाई सांग्रिला विकास बैंकको सहयोग « Eglish Khabarhub

प्रभात माध्यमिक स्कुलका विद्यार्थीलाई सांग्रिला विकास बैंकको सहयोग



काठमाडौं । बालुवाटार ४ मा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडल नघल टोल २८, काठमाडौंस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मिति स्कुल ब्याग लगायतका पाठ्य सामग्री वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कुल ब्याग, ६५ वटा कपी तथा ६५ वटा कलम वितरण गरेको हो ।

पाठ्य सामग्री वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । यो सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

सांग्रिला विकास बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटीएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

Publish on: