![](https://internal.appharu.com/wp-content/uploads/2023/11/finance-ministry_artha-mantralaya-768x403.jpg)
काठमाडौं । अर्थ मन्त्रालयले ३० वटा आयोजनालाई वैशाख महिनामा मात्रै २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयलका अनुसार वैशाख महिनामा १ करोड रुपैयाँभन्दा बढी रकम एउटा आयोजनाबाट अर्कोमा सारिएको छ ।
एउटा आयोजनामा राखिएको बजेट खर्च नहुँदा अर्थ मन्त्रालयले अर्को खर्च हुने आयोजनाका लागि बजेट रकमान्तर गर्ने गरेको छ । अर्थ मन्त्रालयका अनुसार ठूला निर्माणाधिन पूर्वाधारमा तोकिएको रकम खर्च भइसकेपछि थप निकासको लागि बजेट दिन रकमान्तर गर्ने व्यवस्था अनुसार २ करोड रुपैयाँदेखि ३८ करोड रुपैयाँसम्म दिइएको हो ।
अर्थ मन्त्रालयका अनुसार यस्तो रकमान्तर भएको रकममा शहरी विकास मन्त्रालयमा पैसा खर्च नभएको आयोजनाबाट अर्कोमा ३५ करोड रुपैयाँ दिइएको छ । रक्षा मन्त्रालयलाई ३८ करोड, शहरी विकास मन्त्रालयकै अर्को एक आयोजनलााई १९ करोड दिइएको छ ।
रकमान्तर भएका अधिकांश रकम विकासे मन्त्रालयकै छ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय अन्तर्गतका आयोनजाबाट अर्को आयोजनामा रकमान्तर भएको पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/budget1-768x552.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/budget2.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/budget3.png)
SHARE YOUR THOUGHTS