प्राइम कमर्सियल बैंकका दुई एक्सटेन्सन काउन्टर विस्तार « Eglish Khabarhub

प्राइम कमर्सियल बैंकका दुई एक्सटेन्सन काउन्टर विस्तार



काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीको सुविधा लक्षित गर्दै आफ्नो सञ्जाल विस्तार गर्दै दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

बैंकले यसै साता गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा दुई एक्स्टेन्सन काउन्टर विस्तार गरेको हो । गोकर्णेश्वर नगरपालिका-४, का वडा अध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका थिए ।

यस्तै, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका-३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टर शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन वडा नम्वर ३ का वडा अध्यक्ष राममणि पुडासैनीले गरेका थिए । कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थिति थियो ।

सामारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

Publish on: