![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gyanendra-shahi1-768x403.png)
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीका आरोपित जीबी राईलाई पक्राउ नगरेर सरकारले देशभन्दा पनि उनलाई माथि राखेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा शाहीले सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? भन्दै प्रश्न गरे ।
गृहमन्त्रीले ठूला केसका फाइल खोल्छौं भनेर बारम्बार भने पनि खोल्न नसकेको उनको भनाइ छ ।
‘ठूलो फाइल खोल्छौं खोल्छौं भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ?,’ शाहीले भने, ‘सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?’
SHARE YOUR THOUGHTS