![](https://internal.appharu.com/wp-content/uploads/2024/06/64b07d8ea310352610b8dc56-1068x601-1-768x432.jpeg)
काठमाडौं । टर्कीले चिनियाँ सवारीसाधनमा ४० प्रतिशत थप कर लगाउने भएको छ ।
टर्कीको व्यापार मन्त्रालयले चीनबाट आयात हुने कारमा जुलाई ७ तारिखदेखि लागु हुने गरि थप ४० प्रतिशत कर लगाउने घोषणा गरेको हो । प्रत्येक सवारीसाधनमा न्यूनतम ७००० अमेरिकी डलर अतिरिक्त कर थप हुनेछ ।
टर्कीको व्यापार मन्त्रालयका अनुसार थपिएको कर इन्टर्नल कम्बुसन इन्जिन (आइसीई) र हाईब्रिड गाडीमा लागु हुनेछ । कर बढाउनुको मुख्य उदेश्य टर्कीको आन्तरिक अटो मेकरहरुको संरक्षण र चालु खाता घाटा कम गर्नका लागि हो ।
चीनले विद्युतीय सवारीसाधन (ईभी) मा गरेको क्रान्तिका कारण विश्व बजारमा निर्यातकर्ताका रुपमा बलियो उपस्थिति बनाएको छ । ईभी उत्पादकहरुलाई निर्यातका लागि बेइजिङले भारी मात्रामा अनुदान दिइरहेको छ ।
अमेरिकाले पछिल्लो महिना चिनियाँ ईभी आयातमा शतप्रतिशत कर लगाउने निर्णय गरेको थियो ।
मन्त्रालयले देशको चालु खाता घाटा घटाउने लक्ष्यलाई सम्बोधन गर्न आन्तरिक लगानी र उत्पादनलाई प्रवर्द्धन गर्ने प्रयास गरेको बताएको छ । आयातित गाडीमा ४० प्रतिशत कर लगाउनु मुलत चिनियाँ सवारीलाई देश प्रवेशमा रोक लगाउन लागिएको हो ।
सन् २०२३ मा नै टर्कीले चिनियाँ ईभीमा अतिरिक्त कर लगाइसकेको छ ।
सरकारले चालु खाता घाटा कम गर्न उत्पादन र निर्यातमा जोड दिदै आएको छ । टर्कीको चालु खाता घाटा ४५.२ बिलियन अमेरिकी डलर छ ।
SHARE YOUR THOUGHTS