![](https://internal.appharu.com/wp-content/uploads/2023/11/siddhartha-bank-768x403.jpeg)
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असार १ देखि लागू हुनेछ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा असारमा अधिकतम ७ प्रतिशत ब्याज दिनेछ । यस्तै संस्थागत तर्फ ५.७५ प्रतिशत रहेको छ ।
बैंकले बचत खातामा ३.५० देखि ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकले हाल २२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । वैशाखसम्म बैंकको आधारदर ८.३३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा ११.८३ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकबाट एसएमई, माइक्रो, होम लोन, अटो लोन, मोटगेज लोन, शैक्षिक धितो कर्जा लगायत कर्जा लिँदा ११.८३ प्रतिशत ब्याज लाग्ने छ ।
SHARE YOUR THOUGHTS