काठमाडौंमा साँझदेखि केही शीतलता छाउने मौसम विभागको दाबी « Eglish Khabarhub

काठमाडौंमा साँझदेखि केही शीतलता छाउने मौसम विभागको दाबी



काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार केही घटेको छ ।

शनिबार साँझदेखि काठमाडौं उपत्यकामा केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले शनिबार अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए ।

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रि मनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए ।

शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । शनिबार अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Publish on: