![](https://internal.appharu.com/wp-content/uploads/2024/06/himalyanbank.jpg)
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका-११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ ।
बैंकले अब असार २ गतेदेखि थापाथली शाखाको नामबाटै सेवा दिएको हो ।
बैंकका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त शाखाको उद्घाटन गरेका थिए । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका-१ मेन रोड नारायणगढबाट सेवा दिन थालेको छ ।
असार २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो । हाल बैंकले नेपालभर फैलिएका १७४ शाखाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS