![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Dipendra-Singh-Airee-4.jpg)
काठमाडौं । दिपेन्द्र सिंह ऐरी विश्वकै छैठौं उत्कृष्ट अलराउन्डर बनेका छन् । टी–२० को नयाँ वरियताक्रमअनुसार ऐरी भारतका हार्दिक पाण्ड्या भन्दा पनि माथि उक्लिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको नयाँ सूचीअनुसार ऐरीभन्दा माथि अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिडु हशरंगा, अफगानिस्तानका मोहमद नाबी र जिम्बाब्वेका सिकन्दर राजामात्र छन् । ऐरीभन्दा एक स्थान मुनि सातौंमा पाण्ड्या छन् ।
नाबि चौथो स्थानमा झरेपछि स्टोइनिस विश्वकै उत्कृष्ट अलराउन्डर बनेका हुन् ।
टी–२० पुरुष अलराउन्डरतर्फ इंल्यान्डका लियाम लिभिङस्टोन र मोइन अलि तथा दक्षिण अफ्रिाका एडेन माक्र्रम पनि छन् ।
ब्याटिङतफए ऐरीको स्थान ३ स्थान सुधारिएर ४६ औं स्थानमा पुगेको छ । उनी नेपालको सबैभन्दा उच्च वरियतामा रहेका ब्याट्सम्यान हुन् ।
बलिङतर्फ ऐरीले २७ स्थान छलाङ मार्दै ९६ औं स्थानमा उक्लिएका छन् । उनीभन्दा माथि सोमपाल कामीमात्र छन् ।
SHARE YOUR THOUGHTS