मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुमारी बैंक र पशुपति रिक्रिएसनबीच सम्झौता


काठमाडौं । कुमारी बैंक र पशुपति रिक्रिएसनबीच बैंकका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ।

यस सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ।

कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरूमार्फत् आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।