![](https://internal.appharu.com/wp-content/uploads/2024/06/home-zeekr-x-768x432.jpg)
काठमाडौं । चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर शारडा ग्रुपले ल्याउने भएको छ ।
नेपालका सबै जसो व्यापारिक घरानाले ल्याउन खोजेको यो ब्राण्डको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प प्रालि नियुक्त भएको हो । प्रतिस्पर्धामा रहेका अरु कम्पनीलाई पछि पार्दै आधिकारिक बिक्रेता बन्न पायोनियर मोटोकर्प सफल भएको हो ।
कम्पनीले राइट ह्याण्ड ड्राइभ मोडलको जिकर एक्स ल्याउन लागेको हो । यो नेपालमा बहुप्रतिक्षित ब्राण्ड हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Zeekr_X_2023-05.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Zeekr_X_2023-04.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Zeekr_X_2023-10.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Zeekr_X_2023-12.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Zeekr_X_2023-07.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Zeekr_X_2023-01.jpg)
यो गाडीले ४२५ किलोमिटर रेन्ज दिन्छ । यो लक्जरी स्पोर्टस युटिलिटी भेहिकल (एसयुभी) हो । यो गाडीमा ६६ किलोवाट ब्याट्री छ । ३० मिनेटमा १५० किलोवाटको डिसी चार्जरले चार्जले गर्न सकिन्छ । लेटेष्ट टेक्नोलोजी प्रयोग गरिएको कम्पनीको दाबी छ ।
जिकर झिजियाङ जिली होल्डिङ ग्रुपको ब्राण्ड हो ।
SHARE YOUR THOUGHTS