![](https://internal.appharu.com/wp-content/uploads/2024/06/fffff.png)
काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी थर्टी-नाइन बिजनेस ग्रुप प्रालिको फिल्लीबीच कुमारी बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले लाजिम्पाट, लबिम मल पुलचोक, ठमेल र बौद्धस्थित फिल्लीका शाखाहरूबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै ग्राहकको आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा विश्वस्त रहेको जनाएको छ ।
SHARE YOUR THOUGHTS