![](https://internal.appharu.com/wp-content/uploads/2024/06/webo.jpg)
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ ।
सुरुवातमा, वेबओएस रीस्न्यू प्रोग्रामले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी अब्जेक्ट कलेक्सन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी९९/९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको थियो ।
जसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षको लागि नयाँ टिभी अनुभवको आनन्द दिने कम्पनीको छ । कम्पनीले भनेको छ- यो अपग्रेड भविष्यमा विश्वभरिका अन्य एलजी टिभीहरूमा विस्तार गरिनेछ ताकि टिभी अनुभवमा थप मनोरञ्जन थप्न सकियोस् ।
वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्छन् जसमा होम स्क्रीनले प्रयोगकर्ताहरूलाई उनीहरूको रोजाइ अनुसार सिफारिसहरूद्वारा स्वागत गर्ने कम्पनीको भनाइ छ ।
उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गरिने जनाइएको छ । एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुने कम्पनीको भनाइ छ ।
सोही एलजी वेबओएस रीस्न्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका युएचडि टिभीहरूमा पनि लागु हुनेछ भने जसमा आगामी पाँच वर्ष सम्म निस्शुल्क अपग्रेड आउनेछ ।
SHARE YOUR THOUGHTS