![](https://internal.appharu.com/wp-content/uploads/2024/01/mobile-768x426.png)
काठमाडौं । महंगा मोबाइलप्रति नेपालीको रुची बढेसँगै मोबाइल आयात मासिक रुपमा बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मुल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको छ ।
पालमा भित्रिएका यस्ता मोबाइल गत वर्ष आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थानले मोबाइल आयात भएको छ । गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७ हजार थान मोबाइल भित्रिएको छ ।
नेपाल भित्रिएका मोबाइल फोनको संख्या अनुसार गत वर्षको तुलनामा चालु आवको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मोबाइल आएको छ । तथ्यांक अनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल आयात भएको तथ्यांकले देखाएको छ ।
नेपालमा भित्रिएका यस्ता मोबाइल औषतमा १५ हजार रुपैयाँभन्दा बढीको छ । तथ्यांक अनुसार नेपाल आएका मोबाइल २० देखि ३० हजार सम्मकको सबैभन्दा बढी बिक्री हुने वर्गमा पर्छ । नेपाल भित्रिएका यस्ता मोबाइलमा हरेक महिना नेपालीले महंगा प्रति रुची बढाउँदै गएका छन । मासिक मोबाइल डिमाण्ड बढ्दै गएको एकपटक प्रयोग गरेका व्यक्तिले त्यो भन्दा बढीको रुची राख्ने गरेका कारण पनि नेपालमा महंगा मोबाइलको रुची बढ्दै गएको छ ।
पछिल्लो समय बढ्दै गएको पारदर्शी कारोबारका कारण मोबाइल आयातको संख्या बढेको देखिएको छ भने विगत २/३ वर्षको तुलनामा महंगो मोबाइलप्रतिको रुची पनि बढ्दै गएको नेपाल मोबाइल व्यवसायी संघका सचिव मुकुन्द बास्कोटाले बताए ।
उनले भने ‘हरेक नेपाली आफ्नो क्रयशक्ति अनुसार मोबाइल खोज्ने आउने भएपनि गत वर्ष लिएको भन्दा महंगो रेन्ज खोजने गरेका छन । एकपटक प्रयोग गरेको भन्दा माथिल्लो रेन्ज प्रयोग गर्ने, बजारमा खोजिने धेरै मोबाइलमध्ये रेन्ज पनि २० देखि ३० हजार रुपैयाँका हुने गरेको छ ।’
पछिल्लो समय नेपालमा उपभोक्ता सचेतना बढेको, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ((एमडीएमएस)कै कारण दर्ता भएरै मोबाइल भित्रने गरेको छ । विगतका वर्षहरुमा जस्तो अवैध मोबाइल आउने क्रम निकै कम भएको पनि मोबाइल व्यवसायीको छ ।
अवैध मोबाइलमा हुने जोखिमका कारण व्यवसायीले पछिल्लोसमय भन्सार शुल्क तिरेर आएका मात्रै मोबाइल बिक्री गर्ने गरेका कारण पनि विगतको वर्षको तुलनामा मोबाइलको संख्या र भन्सार मूल्य पनि बढेको देखिएको मोबाइल व्यवासायी संघका सचिव बास्कोटाले बताए ।
उनका अनुसार बजारमा पाउन त ६ हजारदेखि ३ लाख सम्मका स्मार्टफोट पाइन्छ । धेरै मूल्यका मोबाइलको बिक्री संख्यामा कम हुने भएपनि मूल्यका हिसावले धेरै हुने गर्छ । धेरै मूल्यका कम र कम मूल्यका मोबोइलको बिक्री धेरै हुने भएपनि औषत मोबाइल प्रयोग भने १५ हजार रुपैयाँको भएको देखिन्छ ।
SHARE YOUR THOUGHTS