उद्योगीले भने: हिसाब नगरी प्राधिकरणले हचुवामा पत्र पठायो « Eglish Khabarhub

डेडिकेटेड ट्रंकलाइन विवाद

उद्योगीले भने: हिसाब नगरी प्राधिकरणले हचुवामा पत्र पठायो


११ असार २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँको तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ ।

प्राधिकरणले आइतबार निर्णय गरेर सोमबार बिहानै उद्योगीलाई बिल पठाएको हो । अधिकांश उद्योगीहरुले पत्र प्राप्त गरेका छन् । प्राधिकरणले सोमबारदेखि लागु हुने गरी १५ दिनभित्र बक्यौता तिर्न भन्दै पत्राचार गरेको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ महसुल तिर्न ६१ वटा उद्योगलाई पत्र लेखेको हो । यो रकममा २५ प्रतिशत जरिवाना लाग्ने छ ।

पत्र पाएपछि उद्योगीहरुले हिसाब नगरी हचुवाको भरमा पठाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले विद्युत महसुल निर्धारण आयोगको निर्णयअनुसार हुनुपर्नेमा प्राधिकरणले आफैं निर्णय गरेर पठाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बिनाआधार जानकारीसहितको पत्र पाएको बताए । ‘हामीलाई प्रमाणसहित पठाए तिर्न तयार छौं । महसुल निर्धारण आयोले जुन आधारमा र बेसिसमा महसुल तोकेको छ । सोही अनुसार हुनुपर्छ । हिसाब गरेर पठाउनुपर्थ्यो । त्यो छैन, ‘ उनले भने ।

प्राधिकरणबाट क्लिकमान्डुलाई प्राप्त पत्रअनुसार अर्घाखाची सिमेन्टलाई जरिवानासहित ४४ करोड ४६ लाख ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । तर अर्घाखाचीको पत्रका विषयमा प्राधिकरणले रिभ्यु गरिरहेको छ । सम्भवत अर्को पत्र जानेछ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रिपरिषदको निर्णय भन्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल उठाउन पत्राचार गरेपछि नेपाल विद्युत प्राधिकरणले आन्तरिक महसुल गणना समिति गठन गर्‍यो ।

जेठ तेस्रो साता ऊर्जा मन्त्रालयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल उठाउन पत्र लेखेपछि प्राधिकरणका निर्देशक गणेश लुइटेलको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गर्‍यो । ७ दिनमा प्रतिवेदन दिने गरी आन्तरिक समिति बनाएको थियो । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले उद्योगीलाई १५ दिनभित्र महसुल तिर्न पत्राचार  गरेको छ ।

स्रोतका अनुसार १२ जनाको कमिटीले यो प्रतिवेदन सिफारिस गरिएको हो । ३ जना चार्टर्ड अकाउन्टेन्ट (सीए) राखेर प्रतिवेदन तयारी गरेको हो । ‘हामीले ३ जना सीए राखेर हिसाब गर्‍यौं । सोही आधारमा जानकारी पठाएका हौं । धेरे कुरा परिमार्जन गरिएको छ,’ उनले भने, ‘ यदि कुनै उद्योगीको दाबी छ, केहि छ भने उहाँहरु आएर हिसाब हेर्न सक्नुहुन्छ ।’ उनले १५ दिनभित्र थप महसुल नतिरे लाइन काट्न थाल्ने बताए ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार ००:००  २ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping