![](https://internal.appharu.com/wp-content/uploads/2017/08/biratnagar-airport-1024x576.jpg)
काठमाडौं । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेपछि जहाजको उडान र अवतरण प्रभावित बनेको छ ।
विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।
पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण सुरु हुने विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।
‘पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ, पानी घटेपछि विमानस्थल खुल्छ’ उनले भने।
२०७८ सालमा पनि विमानस्थलमा बाढी पस्दा पाँच दिन उडान अवतरण रोकिएको थियो ।
मंगलबारदेखिको अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार बिस्थापित हुने अवस्थामा छन् ।
हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो ।
SHARE YOUR THOUGHTS