एनसेलको अगुवाईमा ‘वन युथ वन प्लान्ट’ अभियान सुरु « Eglish Khabarhub

एनसेलको अगुवाईमा ‘वन युथ वन प्लान्ट’ अभियान सुरु


१६ असार २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एनसेल ,नेपाल युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात

नुवाकोट । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वातावरण संरक्षण गर्ने उद्देश्यले एक युवा, एक विरुवा अर्थात वन युथ वन प्लान्ट अभियानको औपचारिक रुपमा सुरुवात भएको छ ।

नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ९एफएओ० नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा विरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरुले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरुसँग उर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्,यो अभियानमा सहभागी हुने युवाहरु सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका विरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ।’

अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्ने छन् । अभियानका लागि एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी ९सीएसआर०को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले बताईन् ।

‘यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार ००:००  १२ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping