ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल « Eglish Khabarhub

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल


१६ असार २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ ।

सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । निर्धारित समय अघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो ।

पुलपूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै बताउँदै यो पुलले सुनाकोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए । नगर प्रमुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भन्नुभयो, ‘त्यस्तै किसिमको विपद आइकाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ । ’

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुनाकोठी र बुडमति बासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रष्ट पारे ।

पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो । ललितपुर महानगरले आफ्नै लगानीमा निर्माण सुरु गरेको अन्य दुईवटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।

रानीबुँ कुसुन्ती (वडा न १३) र भैसीपाटी(वडा न २५) जोड्ने गरी एउटा पुल र वडा न १४ स्थित नखिपोटमा निर्मााणाधिन पुल सम्पन्न हुने चरणमा पुगेको हो ।

महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुईवटा पुल पनि बनिसक्ने बताए । उनले भने, ‘दुई वर्षभित्र तीनवटा पुल निर्माण सम्पन्न हुनेछन् , यो महानगरको लागि ठूलो उपलब्धि हो । ’

सुनाकोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ । यो पुलका लागि करीब ५ करोड बजेट छुट्याइएको छ । महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ ।

कुसुन्ती रानीबुँ र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ । यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ ।

नखिपोट र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ भने करीब ४ करोड बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार ००:००  ६ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping