बैंकर राजन सिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ बजारमा « Eglish Khabarhub

बैंकर राजन सिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ बजारमा


१६ असार २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । लगभग साढे चार दशक मुलुकको बैंकिङ क्षेत्रमा लगानी गरेका सुपरिचत राजन सिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ शनिबार एक समारोहबिच विमोचन भएको छ । पूर्वमन्त्री एवं सांसद शरत सिंह भण्डारी, सांसद प्रा डा चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा लोक विक्रम थापा र खेम बहादुर रायमाझीले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका थिए ।

राष्ट्र बैंकमा २६ वर्ष बिताएका भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए । त्यसपछि प्राज्ञिक क्षेत्रमा सक्रिय बन्न खोजिरहेका बेला अनायासै सिटिजन्स बैंकको स्थापनासँग जोडिन्छन् र त्यसका लागि महत्त्वपूर्ण पहलकदमी लिन्छन् । अन्ततः प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष गरी १७ वर्ष सिटिजन्स बैंकमा खर्च गर्छन् ।

यस अवधिमा उनले देखे(भोगेका धेरै रोचक र महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेका छन् । तसर्थ, यो कृति नेपालको बैंकिङ क्षेत्रको महत्त्वपूर्ण कालखण्डको साक्षीले लेखेको इतिहास पनि भन्न सकिन्छ । मौद्रिक र वित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत क्यास काउन्टरका कर्मचारीदेखि सीईओ, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आम पाठक जो–कोहीले पनि आ आफ्नो ढङ्गले किताबले उजागर गरेका विभिन्न सन्दर्भ वा प्रसंगसँग कहीँ न कतै आफूलाई पाउँछ ।

प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालका शब्दमा, यो किताब आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक छ । किनकि, यसमा लेखकले आफूलाई ‘हिरो’ वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन्, बरू कमजोरीको पनि खुलेर चर्चा गर्छन् । सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ तर राजनसिंह भण्डारीका हकमा यी कयौँ ‘नियम’ लागू हुँदैनन् ।

रिमाल अगाडि भन्छन्, ‘देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी(व्यवसायीले ऐन(मौकालाई कसरी उपयोग गर्छन्, व्यावसायिक घरानाहरूले कसरी सोच्छन् र एकअर्काप्रति केकस्ता रणनीति अपनाउँछन् भन्ने रोचक घटनाहरूको प्रस्तुति पुस्तकको अर्को पुँजी हो ।’

पूर्वमन्त्री शरत सिंह भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन् । यस्तै, पूर्वगभर्नर डा तिलक रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए ।

प्रतिनिधि सभा सदस्य प्रा डा चन्दा कार्कीको भनाइमा लेखकले आफूलाई एक कुशल प्रशासक, कुशल व्यवस्थापक, एक कुशल उद्यमी, एक कुशल गायकको रूपमा स्थापित गरेको कुरा कसैले नकार्न सक्दैन ।

कूल १३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य १ हजार रुपैयाँ राखिएको प्रकाशक रिमालले बताए । पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिनेछ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार ००:००  ९ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping