यो साता सेयर बजार कता जान्छ ? « Eglish Khabarhub

प्राबिधिक विश्लेषण

यो साता सेयर बजार कता जान्छ ?


१७ असार २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गत साताको बजारको उतार चढावको आधारमा यो साता सेयर बजार कता जान्छ भन्ने प्राबिधिक विश्लेषण गर्नु अगाडि लगानीकर्तालाई आफ्नो लगानी क्षमता तथा जोखिम वहन गर्नसक्ने क्षमताको विश्लेषण गरेर मात्र सेयर बजारमा लगानी गर्न अनुरोध गरिन्छ ।

सेयर बजारमा लगानी गर्नको लागि प्राबिधिक विश्लेषण एउटा आधार हो । तर, यो नै सम्पूर्ण आधार होइन । किनकि सेयर बजारमा राजनीतिक तथा आर्थिक एवं लगानीकर्ताको मनोविज्ञान आदीले पनि धेरै असर पार्दछ । विभिन्न देशमा झैं नेपालको सेयर बजारमा पनि विभिन्न स्वार्थ समुह हाबी भएका कारण पनि लगानीकर्ताले विशेष सावधानी अपनाउनु आवश्यक छ ।

यो साता बजार उकालो लाग्दा कतिसम्म माथि जाला वा ओरालो लाग्ला कतिसम्म तल जाला भन्ने प्राबिधिक विश्लेषणका लागि पिभोट विश्लेषणको आधार लिइएको छ । पिभोट विश्लेषणमा गत साताको बजारको उतार चढावको आधारमा यो साता सेयर बजार बढ्नका लागि कहाँ कहाँ प्रतिरोध आउन सक्छन् वा घट्दा कहाँ कहाँ आधार (टेको) हुन सक्छन् त्यसको विश्लेषण गरिएको छ ।

गत साताको सेयर बजारको उतार चढावको आधारमा पिभोट बिन्दु २०५८.५४ भएका कारण यो साता बजार उकालो लाग्दा पहिलो प्रतिरोध (रेजिस्टयान्स) २०६५.१५ बिन्दुमा रहन्छ । यदि उकालो लागेर बजारले पहिलो प्रतिरोध २०६५.१५ बिन्दु पार गर्न सफल भए दोस्रो प्रतिरोध २०७८.३९ बिन्दुमा रहने छ । किनकि गत साता आइतबार बजार २०६८.३१ बिन्दुमा खुलेको थियो, भने उच्च बिन्दु २०७१.७७ र क्लोजिंग बिन्दु २०५१.९२ बिन्दु रहेको थियो र न्यून बिन्दु पनि २०५१.९२ रहेको थियो ।

गत साताको विश्लेषणमा बजार ओरालो लाग्दा पहिलो आधार (सपोर्ट) २०५३.६५ बिन्दुमा आउने देखिएको थियो । र बजार ओरालो लागेर २०५१.९२ विन्दूमा झरेको देखिन्छ । अर्थात् पिभोट विश्लेषणका अनुसार बजार घट्दा लगभग सहि विश्लेषण भएको देखिन्छ ।

त्यसैले यो साता पनि बजार ओरालो लागेमा पहिलो आधार २०४५.३० बिन्दूुमा टेको लाग्ने देखिन्छ । यदि पहिलो आधारभन्दा पनि तल झरेमा दोस्रो आधार २०३८.६९ बिन्दुमा रहेको छ ।

पिभोट बिन्दु एक प्राविधिक विश्लेषण सूचक हो जसलाई विभिन्न समयको कारोबारको आधारमा समग्र बजारको प्रवृत्ति निर्धारण गर्न प्रयोग गरिन्छ । पिभोट पोइन्ट आफैंमा एकैदिनको कारोबार (इन्ट्राडे) उच्च र कमको औसत, र अघिल्लो व्यापारिक दिनको बन्द बिन्दु हो । जसलाई गत साताको उच्च र कमको औसत र अघिल्लो कारोबार दिनको बन्द बिन्दुका आधारमा गणना गरिएको छ ।

यस्तै, प्रतिरोध (रेजिस्टयान्स) भनेको बजार उकालो लाग्दा रोकिने बिन्दु हो भने आधार (सपोर्ट) भनेको ओरालो लाग्दा रोकिने बिन्दु हो । बजार उकालो लाग्दा बढ्न रोकिने बिन्दुबाट घट्न सुरु गर्दछ र उल्टो हुन्छ, र बढ्न थाल्छ । किनकि यस बिन्दुमा, लगानीकर्ता ले बढ्दो बजारहरूबाट लाभ लिन सक्छन् ।

पिभोट बिन्दुहरू प्राविधिक विश्लेषणको आधारभूत उपकरण हुन् । जुन वित्तीय बजारमा सम्भावित उकालो वा ओरालो निर्धारण गर्न लगानीकर्ताद्वारा व्यापक रूपमा प्रयोग गरिन्छ । पिभोट प्वाइन्ट क्याल्कुलेटर एउटा प्राबिधिक उपकरण हो । जसले कुनै पनि समयमा उच्च, कम र नजिकको बिन्दु अनुमान गर्दछ ।

‘आधार’ (सपोर्ट) तथा र ’प्रतिरोध’ (रेजिस्टयान्स) दुई सम्बन्धित स्तरका लागि सर्त हुन् । जुन बजारको कारोबारको दायरालाई सीमित गर्न देखिन्छ । आधार स्तरमा बजारको नियमित गिरावट रोकिन्छ र ब्याक अप बाउन्स हुन्छ, जबकि प्रतिरोधको अवस्थामा बजार सामान्यतया बढ्दै जान्छ र फिर्ता तल झर्छ ।

तर, लगानी गर्दा कुनै पनि प्राविधिक सूचक सही छैन भन्ने तथ्यलाई ध्यानमा राख्नु पर्दछ । किनकि यी संकेत चेतावनी मात्र हुन् ।

(गत साता आइतबारको ओपनिंग बिन्दु, उच्च बिन्दु, न्यून बिन्दु र क्लोजिंग बिन्दुको सहायताले पिभोट प्वाइन्ट हिसाबको आधारमा प्राबिधिक विश्लेषण गरिएको छ । पिभोट प्वाइन्ट विश्लेषणले हरेक दिनको कारोबारको आधारमा अर्को दिनको विश्लेषण पनि गरिन्छ । यस विधीमार्फत साताको प्राबिधिक विश्लेषण गरिएको छ । यो विशुद्ध प्राबिधिक विश्लेषण भएका कारण यसमा गरिएको प्राविधिक विश्लेषणको आधारमा सेयर बजारमा कारोबार गर्दा जोखिमको दायित्व लगानीकर्ता स्वयंको हुनेछ । क्लिकमान्डु यसका लागि कुनै जिम्मेवार रहने छैन । सेयर बजारको जोखिमलाई ध्यानमा राखेर लगानी गर्न अनुरोध गरिन्छ ।)

प्रकाशित मिति : १७ असार २०८१, आइतबार ००:००  १२ : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping