जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा: रवि लामिछाने « Eglish Khabarhub

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा: रवि लामिछाने


१७ असार २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् ।

आइतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुक अफ्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकुलतामा नहुने बताए ।

उनले मुलुक अफ्ठ्यारो जनता, किसानले नभइ नेतृत्वले नै पारेको जिकिर गरे । उनले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताए । उनले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए ।

लामिछानेले यसो भने

मुलुक त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकुल हुने रहेनछ । सधैँ अफ्ठयारो पर्ने रहेछ । त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन् । किसान, मजदुरले, काम गरेर खाने मान्छेहरुले कसले अफ्ठ्यारोमा पा¥यो ? म यहाँहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ । त्यतिबेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ । नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । अलग अलग भयो । लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो । चिन्ता गर्नुपर्दैन । लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरुले चिन्ता गर्नुपर्दैन । नेताहरुले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरेको सुनेका छौँ । के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार ००:००  ४ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping