सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री रविलाई महासंघको गुहार « Eglish Khabarhub

सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री रविलाई महासंघको गुहार


१७ असार २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेट्न महासंघ र बैंकका प्रतिनिधि सिंहदरबार पुगेका थिए ।

महासंघ अध्यक्ष ओमदेवी मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा विभिन्न समूहले अवरोध पुर्‍याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की आएक, धितो लिलामी प्रकृयामा अवरोध हुने गरेको मल्लको गुनासो छ ।

यसले सहकारी संघ संस्थाको चालु आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि गृहमन्त्रालयबाट परिपत्र गरी दिन माग गरिन् ।

महासंघका निवर्तमान अध्यक्ष मीनराज कंडेलले सहकारी संघ सस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए ।

उनले सहकारी अभियानको मागका सम्बन्धमा आवश्यक अध्ययन गरी गृह मन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिए । सहकारी संस्थाहरुले गैह्रकानुनी रुपमा दिएको कर्जा उठाउन अहिले समस्या परिरहेको छ ।

सहकारी संस्थाहरुले बिनाधितो, कानून विपरित कम्पनीलाई कर्जा लगानी गरेका थिए । त्यो कर्जा उठाउन अहिले संस्थाहरुलाई हम्मे हम्मे परेको छ । पहिला व्यक्तिगत स्वार्थ तथा लाभका लागि कानून विपरित दिएको कर्जा उठाउन समस्या भएपछि अहिले गृह प्रशासन धाउन थालेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार ००:००  ५ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping