
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार तिते करेला ३६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी लौका ५५, परवर ३०, घिरौंला ६५, पाकेको फर्सी ३८, हरियो डल्ले फर्सी २५, भिण्डी ५६, स्कुस ५६, रायो साग ५६, तोरीको साग ४५, निउरो साग ७५, कन्ये च्याउ १००, डल्ले च्याउ २२० र राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ । गत साताको तुलनामा कन्ये र डल्ले च्याउको मूल्य निक्कै घटेको छ ।
गत मंगलबार कन्ये च्याउ १९६ र डल्ले च्याउ २९६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । सोमबार स्वदेशी ठूलो गोलभेडा ६६.६७, स्वदेशी सानो गोलभेडा १४.२०, टनेलको सानो गोलभेडा २२.८०, रातो आलु ६१.२०, मुढे रातो आलु ५१.२०, प्याज ९३, गाजर ६६, बन्दा २६, स्थानीय काउली ६६, ज्यापु काउली ८५, सेतो मुला ५५ र लाम्चो भान्टा ४६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै तने बोडी ५४, घिउसिमी ६८, ब्रोकाउली १६०, कटहर ३६.६७, भेडे खुर्सानी ४६, अकवरे खुर्सानी ३५०, अदुवा २६० र नेपाली लसुन १९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS