दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी « Eglish Khabarhub

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी


१८ असार २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ ।

 गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् ।

व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्मत दर्ता भएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको  समेत बताए ।

आफुहरुको माग सम्बोधनका लागि पटक पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार ००:००  १० : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping