![](https://internal.appharu.com/wp-content/uploads/2024/07/mukul-dhakal.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चुलिएको छ । महामन्त्री डा मुकुल ढकाल कालो टेप टाँसेर बिरोधमा बैठकमा बसेका छन् ।
केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बिरोध गरेका हुन् ।
उनले मास्कमा कालोटेप क्रस गरेर टेप टाँसेका छन् ।
बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकको प्रत्यक्ष प्रसारण नगरेपछि उनले मुखमा कालो टेप टाँसेर बिरोध गरेका हुन् ।
पार्टीको अवस्थाबारे उनले प्रतिवेदन तयार गरेर पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् र बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् । तर रास्वपाले बैठकको लाइभ गरेन ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/mukul-dhakal1-768x403.png)
आजको बैठकमा नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी छ ।
SHARE YOUR THOUGHTS