काठमाडौं । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीनजनाको उद्धार गरिएको छ ।
मुस्ताङबाट तीनजना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोमा पुरिएको थियो।
मङ्गलवार साढे ८ बजेतिर भ्यान फसेपछि चालकसहित तीनजना यात्रुको तत्कालै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधवार बिहान भ्यानलाई निकालेर सडक सुचारू गरिएको छ ।
SHARE YOUR THOUGHTS