![](https://internal.appharu.com/wp-content/uploads/2023/05/Prachanda-and-KP-Oli-768x403.jpg)
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो । पार्टीको अनुरोध नमानेपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
समर्थन फिर्ता गरेको आधिकारीक पत्र केही समयमा प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
SHARE YOUR THOUGHTS