आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ « Eglish Khabarhub

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ


२० असार २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेती पक्राउ परेका छन् ।

सहकारी ठगीमा जाहेरी परेपछि महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो । महाराजगन्ज प्रहरीका अनुसार उप्रेतीलाई बुधबार मध्यान्नमा काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो ।

‘उहाँले बचतकर्ताको बचत हिनामिना गरेको जाहेरी परेको थियो’ महाराजगन्जका एक प्रहरीले भने ‘जाहेरी परेपछि उहाँलाई आज मध्यान्नमा पक्राउ गरिएको हो ।’ प्रहरीले सहकारी ठगीमा थप अनुसन्धान अघि बढाएको ति अधिकारीको भनाई छ ।

उप्रेतीका साथै सहकारीका अन्य सबै सन्चालक बिरुद्द पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका अन्य पदाधिकारी तथा सन्चालकलाई पनि प्रहरीले खोजीकार्य जारी राखेको छ ।

गत असारमा ५ वटा सहकारी मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बन्यो। मर्ज भएपनि एकीकृत कारोबार भने गर्न पाएन । अहिले यी ५ वटा सहकारीले मर्जका नाममा बचतकर्ताको करिब ५ अर्ब रुपैयाँ बचत अलपत्र पारेका छन् । बचतकर्तालाई बचत फिर्ता नगरेपनि ५ वटै सहकारी प्यान नम्बर नविकरण गरेर भित्रभित्रै कारोबार गरिरहेका छन् ।

तत्कालिन समयमा केबी उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, मनोज थापा अध्यक्ष रहेको तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हस्त रावत अध्यक्ष रहेको नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था र श्याम बहादुर तामाङ अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था मर्ज भएर गत असारमा आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था जन्म्यो ।

एकीकृत कारोबार हुन नपाउँदै करिब तीन महिना अवधिमा संस्था डिमर्जमा जान खोज्यो । तत्कालिन समयमा ५ वटा संस्थाको करिब ८ अर्ब बचत फिर्ता हुन सकेको थिएन । अहिले साढे ५ अर्ब रुपैयाँ बचत बचतकर्ताले फिर्ता पाउन सकेका छैनन् ।

मर्जर भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष उप्रेती, उपाध्यक्ष मनोज थापा मगर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोयन लामा बने ।

अहिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करिब ३ अर्ब फिर्ता गर्न बाँकी छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीले १ अर्ब ६० करोड दायित्व फरफारक गर्न बाँकी छ ।

यस्तै नागरिक कल्याण बहुउद्देश्यीय सहकारीले ५८ करोड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीले ४२ करोड र नेपाल घेदुङ बहुउद्देश्यीय सहकारीले १५ करोड रुपैयाँभन्दा बढी बचत फिर्ता गर्न बाँकी छ ।

मर्जपछि बनेको संस्थाको अध्यक्ष केबी उप्रेती भएका कारण अहिले ५ अर्ब रुपैयाँको दायित्व उप्रेतीको टाउकोमा रहेको देखिन्छ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार ००:००  ७ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping