![](https://internal.appharu.com/wp-content/uploads/2024/05/rabi-adalar.png)
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार अपराह्न सुनुवाइ सकिएको छ ।
न्यायाधीशहरु सपना मल्ल प्रधान र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएसँगै आदेश आउने सम्भावना छ ।
लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै मुद्दा दायर गरिएको थियो ।
रिटमा महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ । रविविरूद्ध कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भन्दै महान्यायधिवक्ताले क्लिन चिट दिएका थिए ।
यस्तै रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
यता लामिछानेलाई मन्त्री पदबाट निलम्बन गर्न माग गरिएपनि पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । आजै बिहान राजीनामा दिन प्रधानमन्त्रीकहाँ पुगेका रविसहित राष्ट्रिय स्वन्तन्त्र पार्टीबाट मन्त्री भएकाहरू राजीनामा नबुझाइ फर्केका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/image-7.png)
SHARE YOUR THOUGHTS