प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छः एमाले « Eglish Khabarhub

प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छः एमाले



काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले राजनीनामा दिनुपर्ने बताएका हुन् ।

संसदमा बहुमत गुमाएकाले पदमा बसिरहन अनुचित हुने भन्दै उनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भइसकेको छ । आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबीचको राष्ट्रिय सहमतिको सरकार बनाउने काममा सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले अहिलेनै राजीनामा दिनुपर्ने उनलेब बताए

यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

Publish on: