![](https://internal.appharu.com/wp-content/uploads/2024/07/supa.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा सुदूरपश्चिम र कर्णालीमा आफ्ना थप तीन शाखाहरू विस्तार गरेको छ ।
डडेल्धुरास्थित अमरगढी र दार्चुलाको महाकालीमा नयाँ शाखाहरु सञ्चालनमा आएका छन् । यस्तै कर्णाली प्रदेशको दैलेखस्थित दुल्लुमा पनि नयाँ शाखा विस्तार गरिएको हो ।
यससँगै बैंकको १९७ वटा शाखाहरु संचालनमा आएका छन् । जसअनुसार कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० वटा शाखा पुगेका छन् ।
बिहीबार बैंकको मुख्य कार्यालयमा अयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा खोलिएका यी शाखाहरुबाट अत्याधुनिक बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आफ्ना ग्राहकहरुको मन जित्नको लागि कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
साथै उनले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत सिटिजन्स बैंकका शाखा विस्तार गरिने उनले बताए । सुविधा सम्पन्न यी शाखाहरु मार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकले लक्ष्य राखेको छ ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डीम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
SHARE YOUR THOUGHTS