‘पहिरो पन्छाउने बित्तिकै गाडी चलाउँदा माथिबाट आएको लेदोले दुईवटा गाडी बगायो’ « Eglish Khabarhub

‘पहिरो पन्छाउने बित्तिकै गाडी चलाउँदा माथिबाट आएको लेदोले दुईवटा गाडी बगायो’



काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशुली बेपत्ता भयो।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

उक्त ठाउँमा पहिरो पन्छाउने बित्तिकै गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिरोपछि बाटो खुलाइनासाथ गाडी जाँदा फेरि माथिबाट खसेको लेदोसहितको पहिरोले गाडी त्रिशूलीमा पुगेको हो ।

‘त्यहाँ पहिरो गएर सडक विभागका इक्विपमेन्टले पन्छाएका रहेछन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले भने,’ त्यहाँ पहिरो पन्छाउने बित्तिकै गाडी चलेको रहेछ । माथितिरबाट लेदोसहितको पहिरो आउँदा गाडी नै बगाएको रहेछ ।’

सुरक्षाकर्मी नहुँदा पहिरो पन्छाउने बित्तिकै सवारीसाधन सञ्चालन भएको खुलेको छ ।

Publish on: