![](https://internal.appharu.com/wp-content/uploads/2024/07/night-BUs-768x403.jpg)
काठमाडौं । सरकारले वर्खायाममा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।
नारायणगढ-मुग्लिन सडकको सीमतालमा लेदोसहितको बाढी आउँदा दुईवटा बस बगाएपछि रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन लागिएको हो । वर्खामा बाढी, पहिरोको जोखिम भएको भन्दै रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन गृह मन्त्रालयले प्रस्ताव गरेको हो । उक्त प्रस्तावमा अहिले गृह मन्त्रालयमा सरोकारवाला निकायहरु छलफलमा छन् । यातायाता व्यवसायी, सुरक्षाकर्मीहरु गृह मन्त्रालयमा छलफल गरिरहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/43f76ef6-8d9e-4a07-8304-4a1928e2d045-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/a0ffee41-dbc8-4072-bb66-a9e8c884bf85-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/2a217394-4027-4272-95b5-b5a4f5ff436f-scaled.jpg)
शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो । चालकसहित ६० जनाभन्दा बढी बेपत्ता भएपछि खोजिकार्य जारी छ ।
पहिरो पन्छाउने बित्तिकै गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ । ‘त्यहाँ पहिरो गएर सडक विभागका इक्विपमेन्टले पन्छाएका रहेछन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले भने,’ त्यहाँ पहिरो पन्छाउने बित्तिकै गाडी चलेको रहेछ । माथितिरबाट लेदोसहितको पहिरो आउँदा गाडी नै बगाएको रहेछ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/image-18.png)
प्रतिक्रिया