काठमाडौं । न्युरोडको फुटपाथ विस्तारको बिरोधमा काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्षले सडकबाटै काम थालेका छन् ।
वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम थालेका हुन् ।
फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै उनले अस्थायी कार्यालय स्थापना गरेका हुन् ।
धर्मपथ सडक खण्डको नेपाल बैंक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९ बजेर ५५ मिनेटदेखि उनले काम थालेका हुन् ।
महानगरले न्यूरोडमा सडक साघुँरो बनाएर फुटपाथ विस्तार सुरु गरेको भन्दै वडाअध्यक्ष महर्जनसहित स्थानीय बिरोधमा छन् ।
गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको थियो । तर शुक्रबार दिनभर स्थानीय र प्रहरीसँग विवाद भएको थियो । फुटपाथ विस्तारका लागि लगिएको महानगरको डोजरसमेत फिर्ता भएको छ ।
SHARE YOUR THOUGHTS