![](https://internal.appharu.com/wp-content/uploads/2024/07/shangrila-shyam.jpg)
काठमाडौं । होटल संघ नेपाललका पूर्व अध्यक्ष तथा सांग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ । निजामती सेवा छोडेर सफल होटल व्यवसाय गरेका स्व. पाण्डे पाण्डेको निधन प्रति होटल संघ नेपालले दुःख व्यक्त गरेको छ ।
पाण्डे हान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित भएका थिए । उनले मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरुको सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरे वापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मान प्राप्त गरेका थिए ।
१९९१ देखि १९९३ सम्म होटल संघ नेपालको अध्यक्ष रहँदा स्व. पाण्डेले यस क्षेत्रको विकास र सम्वर्द्धनमा योगदान गरेका थिए । पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको होटल संघ नेपालले जनाएको छ।
SHARE YOUR THOUGHTS